April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

शुक्रबार पुनः बस्ने गरी सकियो मन्त्रिपरिषद् बैठक

235

काठमाडाैं- मन्त्रिपरिषद् बैठक शुक्रबार फेरि बस्ने भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठक शुक्रबार फेरि बस्नेगरी सकिएको हो।

बिहीबारको बैठकमा कुनै निर्णय नभएको एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ।

बिहीबारको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको थियो। यसअघि मन्त्रिपरिषद्का प्राय: बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेका थिए।