पर्वत – बिहीबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा समानान्तर जिल्ला कमिटी बनाएका छन्।
बिहीबार कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित सुरेन्द्र पाण्डे लगायतको उपस्थित थिए।
नेपाल–खनाल समूहले ७५ सदस्यीय समानान्तर कमिटी बनाएको छ। उक्त कमिटीको अध्यक्षमा धनराज आचार्य छन् भने सचिवमा होमबहादुर नेपाली चुनिएका छन्।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षका ४ जना नेतालाई स्पष्टीकरण सोधेको र जवाफ नआएपछि धमाधम कारबाही गरिरहेका छन्। त्यसकै विरोधस्वरूप नेपाल समूहले समानान्तर कमिटी बनाउन थालेको हो।
बिहीबारको भेलाबाट अध्यक्ष र सचिएको घोषणा गरिएको र छिट्टै अर्को भेला गरेर कमिटीलाई पूर्णता दिइने समानान्तर कमिटीका अध्यक्ष आचार्यले बताए।