April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

यी हुन् घनश्याम र सुरेन्द्रलाई कारबाही गरिएको पत्रका रहेका ५ बुँदा

370

काठमाडाैं–एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। बुधबार नेताद्वयले पठाएको जवाफमा पार्टी अध्यक्षलाई नै स्पष्टीकरण सोधिएको भन्दै दलबाट निलम्बन गरिएको हाे।

घनश्याम र सुरेन्द्रलाई कारबाही गरिएको पत्रमा रहेका ५ बुँदा

१) तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।

२) स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो। आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको।

३) आपराधिक कृयाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक कियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो।

४) तपाईंले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको।

५) यस्तै गतिविधि कामय रहेमा तपाईंलाई जुनसकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (संशोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।