काठमाडाैं–नेकपा माओवादी केन्द्रले संगठन विस्तारका लागि देशव्यापी अभियान चलाउने भएको छ।
बिहीबार बसेको अनौपचारिक स्थायी कमिटी बैठकले केही दिनपछि औपचारिक बैठक बसी अभियानको घोषणा गर्ने जनाएको छ।
‘औपचारिक बैठकको तयारीका लागि अनौपचारिक बैठक बसिएको हो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अबकाे केही दिनभित्रै औपचारिक बैठक बस्छौं।’ संगठन विस्तारका देशव्यापी अभियान सञ्चालन बारे प्रारम्भिक छलफल बैठकमा भएको थियो।
राष्ट्रिय भेला वा सम्मेलन के गर्ने प्रारम्भिक छलफलको चरणमा रहेको उनले बताए। ‘स्थगित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय भेला छिट्टै गर्नलाई स्थायी कमिटीको औपचारिक बैठकले निर्णय लिने छ,’ श्रेष्ठले भने।