April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

प्रधानन्यायाधीशले हेर्दै प्रचण्डको पुनरावलोकन मुद्दा

265

काठमाडाैं–नेकपा नाम विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएकाे पुनरावलाेकन निवेदनमा चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन्। याे निवेदनमा उनीसिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाकाे पूर्ण इजलास पेसी ताेकिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले तीन न्यायाधीशकाे पूर्ण इजलास ताेकेका हुन्। उक्त इजलासले वहसबिनै पुनरावलाेकनकाे अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्नेछ।

सर्वाेच्चले निस्सा दिएमा याे विवादमा फेरि अदालतमा वहस हुनेछ। यदि निस्सा दिन अस्विकार गरेमा भने याे विवाद टुङ्गो लाग्नेछ। फागुन २३ गते न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले नेकपा नाम बदर हुने फैसला सुनाएकाे थियाे।

ऋषिराम कट्टेलले दर्ता गराएकाे रिटमा सर्वाेच्चले नेकपालाई एमाले र माओवादी केन्द्रकाे रुपमा ब्युँताइदिएकाे थियाे। नेकपाभित्र विवाद चरम भएकाे अवस्थामा अदालतकाे यस्ताे फैसला आएकाे थियाे।

नेकपा विवाद निर्वाचन आयाेगमा विचाराधीन रहेकै अवस्थामा अदालतकाे फैसला आएपछि यसकाे चाैतर्फी आलाेचना र समर्थन भएकाे थियाे।नेकपाभित्र कमजाेर भएका प्रधानमन्त्री केपी शर्मा ओली अदालतकाे फैसलापछि एकाएक बलियाे बनेका थिए।