April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

300

काठमाडौं– पछिल्लाे राजनीतिक अवस्थाबारे थप विमर्श गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ।

अहिले बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

अनौपचारिक रुपमा बस्न  लागेको बैठकमा काठमाडाैंमा भएका स्थायी कमिटी  सदस्य सहभागी हुने उनको भनाइ छ।

बैठकमा विभिन्न राजनीतिक अवस्थाबारे समेत छलफल हुने उनले बताइन्।

माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।