April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

भोलिका लागि सिंहदरबारमा बोलाइयो मन्त्रिपरिषद् बैठक

320

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाएका छन्। बालुवाटार स्राेतका अनुसार बिहीबार साँझ ६ बजेका लागि बोलाइएको छ। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीकाे कार्यलयमा बस्नेछ। यसअघि लामाे समयदेखि मन्त्रीपरिषद्काे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।