काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले बूढानीलकण्ठमा पुगेर देउवासँग भेट गरेको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।
उनले प्रचण्ड र देउवाबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताए । ‘खास प्रस्ताव केही रहेनछ, समसामयिक विषयमा कुराकानी भयो,’ उनले भने ।