April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

‘पुनरावदेनका लागि अदालत जानु भएको छ क्यार। अदालत मजाक गर्ने ठाउँ हो?’: प्रधानमन्त्री ओली

315

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नाम विवाद मुद्दामा सर्वोच्च अदालतमा  पुनरावोलकन गर्ने कार्यलाई प्रचण्डको ‘मजाक’ भनी टिप्पणी गरेका छन्।

फागुन २३ मा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएको फैसलालाई चित्त नबुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार अदालत गएका छन्।

रिपोर्टर्स क्लबको वार्षिकत्सोवमा प्रचण्डप्रति आक्रोशित ओलीले भने, ‘पुनरावदेनका लागि अदालत जानु भएको छ क्यार। अदालत मजाक गर्ने ठाउँ हो?’

सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले उपलब्ध गराएको १५ दिने समयावधिमा पार्टी एकताको पक्षमा आफूले पहल गरेपनि प्रचण्डले अस्वीकार गरेको ओलीले दाबी गरे।

प्रचण्डलाई फोन गर्दा केन्द्रीय कमिटी बैठकमा भएको भन्दै टारेको ओलीले बताए। ओलीले पार्टी एकता कायम अर्को पक्षले नराखेको उल्लेख गर्दै भने, ‘एकता बाँकी नै थियो र? अदालतले फुटाइदियो भन्न?’