April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

प्रधानमन्त्री ओलीले गरे अन्तरपार्टी निर्देशन जारी [पूर्णपाठसहित]

205

 काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी गराउने उदेश्यले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेका हुन् ।

आन्तरिक सर्कुलरमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू राखिएको छ ।

पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको सर्कुरमा भनिएको छ ।

बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय सर्कुलरमार्फत ओलीले तल्लो तहसम्म पठाएका हुन् ।

https://drive.google.com/file/d/1gfSgP1seimxbVErf7WHd0VC5mTa0_cA4/view