April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

180

काठमाडौं–नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको नेता योगेश भट्टराईले बताए।

ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको उनले बताए।

बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ। नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए।

ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् ।