November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दुई देशको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हाे: राजदूत यान्छी

3.4K

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएको कोरोना खोपले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण रोक्न सहयोग पुग्ने बताएकी छन् ।

सोमबार चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेपछि आयोजित कार्यकममा बोल्दै राजदूत यान्छीले चीनले गरेको सहयोगले नेपाल सरकारको खोप अभियानमार्फत महामारी नियन्त्रण गर्न र देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने कुरामा चीन विश्वस्त रहेको बताएकी हुन् ।

साथै उनले नेपालले दोस्रो लहरको कोरोना संक्रमण रोक्नका लागि आवश्यक उपाय अपनाइरहेको बताइन् । त्यस्तै राजदूत यान्छीले आफुहरु राष्ट्रपति सी जिनपिङको बचन पूरा गर्न प्रतिबद्ध रहेको बताइन् । ‘हामी राष्ट्रपति शीको बचन पूरा गर्न प्रतिबद्ध छौं । यो दुई देशको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो, जसले एक अर्कालाई विषम परिस्थितिमा सहयोग गर्ने गर्छन्,’ उनले भनिन् ।

Advertisement

राष्ट्रपति सीले चीनमा उत्पादन गरिएको भ्याक्सिन उपलब्ध हुने बित्तिकै विकासशील राष्ट्रलाई दिने बाचा गरेका थिए ।चीनले नेपाललाई उपलब्ध गराएको खोप सिनोफार्मले उत्पादन गरेको हो । यो खोप ८० प्रतिशत बढी प्रभावशाली रहेको चीनको दाबी छ । यसको एन्टीबडीलाई निष्क्रिय गर्ने सकारात्मक रुपान्तरण दर ९९.५२ प्रतिशत रहेको छ ।

चीनले नेपाललगायत अन्य ८० देशमा कोभिड–१९ को भ्याक्सिन अनुदान स्वरुप दिनेछ । तत्कालका लागि चीनले ४३ देशलाई खोप निर्यात गर्दैछ । चीनले कोभ्याक्स सुविधामार्फत् सुरुवाती चरणमा १ करोड डोज विकाशशील राष्ट्रलाई प्रदान गर्ने तयारी गरेको छ ।