November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउँदै

2.9K

काठमाडौं– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप आज सोमबार आइपुग्ने भएको हो।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।

सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दै छिन्।

Advertisement

उक्त खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज आइतबार साँझ नै चीनको बेजिङ क्यापिटल अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो। 

उक्त खोप चिन सरकारले ८ लाख डोज मात्र अनुदानमा दिएको छ।  यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ।