काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४१६ नमुना परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १५६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ३४२ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा चारजना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ ।
त्यस्तै देशैभरी संक्रिय संक्रमितको संख्या १२९९ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५२ रहेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ५६ हजार ३ सय कोरोनाका नमुना परीक्षण गरिएको छ ।
भारतमा तिब्रगतिमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि पछिल्ला केही दिनयता संक्रमित हुने र संक्रमणबाट निधन हुनेको संख्या बढिरहेको छ ।