November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माधव समुहद्धारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय

3.7K

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव कुमार नेपाल समूह सहमत भएको छ ।

नेकपा एमालेको नेपाल समूहका नेता राजेन्द्र राईले मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

उनले अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसदलाई संसदीय दलको आज बसेको बैठकमा सहभागी भएको बताए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’

Advertisement

बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव ७ दिनभित्र फिर्ता लिन निर्देशन दिएको थियो ।