April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको जहाज चीन उड्दै

2.7K

काठमाडौं । नेपाल एअरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन चीन जाने भएको छ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको आठ लाख डोज खोप र अन्य स्वास्थ्य सामाग्री लिन नेपाल एअरलाइन्सको विमान आइतबार बेइजिङ जान लागेको हो ।

कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने नेपाल एअरलाइन्सले जनाएको छ । बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाडौं फर्किने नेपाल एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायतका सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

Advertisement