April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमण गरी स्वदेश फिर्ता

3.9K

कामठाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा.एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र लगायतले बिदाइ गरेका थिए ।

Advertisement