April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

छिट्टै निर्णय गरेर समर्थन फिर्ता लिन्छौँ: नारायणकाजी श्रेष्ठ

3.4K

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिइने बताएका छन्। मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

‘समर्थन फिर्ता लिने निश्चित कुरा भइहाल्यो। कहिले समथर्न फिर्ता लिने भन्ने कुरा मात्रै हो?,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिले हामीले परिस्थितिको आकलन गरिराखेका छौं। अब छिट्टै निर्णयमा पुग्नेछौं।’

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गरेको विषयमा कांग्रेस र जनता समाजवादी पार्टीले प्रश्न गर्न थालेका छन्। फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पार्टी ब्युँतिएपनि माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेपछि नयाँ सरकारको ढोका नखुलेको रूपमा अर्थ्याउन थालिएको छ। 

Advertisement