काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ३२ नमुना परीक्षणमा १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार २४४ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ९७ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ ।