January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

प्रशासन र लेखा समूह को अधिकृत पदमा ६१ कर्मचारी बढुवा सिफारिस 

3.8K

काठमाडौँ – नेपाल प्रशासन सेवा, अन्तर्गत सामान्य प्रशासन समूह र लेखा समूहको रिक्त राजपत्राङ्कित तृतीय श्रेणी(अधिकृत) पदमा ६१ जनालाई बढुवाका लागि सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका २७ जनालाई राजपत्राङ्कित तृतीय श्रेणीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको बढुवा समितिको बैठकले राजपत्र अनङ्कित प्रथम श्रेणी(नासुस्तर)का कर्मचारीलाई राजपत्राङ्कित तृतीय श्रेणी(अधिकृत स्तर)मा बढुवा सिफारिस गरेको हो ।

Advertisement