April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

प्रतिनिधि सभा बैठक आज, यस्तो छ कार्यसूची

3.3K

काठमाडौं– आज प्रतिनिधि सभा बैठक बस्दै छ।

बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभा पुनःस्थापनापछिको यो पाँचौं बैठक हो। संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।

Advertisement

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ।