April 17, 2025, Thursday
२०८२ बैशाख ४
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

9.7K

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ। अहिले बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साविक नेकपामा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए।

Advertisement

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। अदालतले पुराना पार्टी ब्युँताएपछि माओवादीले समर्थन फिर्ता लिने आमअपेक्षा भए पनि अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। 

केही दिन पहिले सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको थियो।