April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विभिन्न चार विषयमा नेपाल र बंगलादेशबीच सहमति

1.5K

काठमाडौं–नेपाल र बंगलादेशबीच विभिन्न चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै राष्ट्रका राष्ट्रपतिको उपस्थितिमा पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो।

बंगलदेशको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय बङ्गबन्धु भवनमा दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्तासमेत भएको थियो ।

Advertisement

भ्रमणका क्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका रष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहलाई सम्बोधनसमेत गरेकी थिइन्।