काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले त्यसबारे सबै सचेत हुनुपर्ने बताएका छन्।
‘हिटलरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकि कोही पनि बाँकी थिएन !’ उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !