April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रमेश बडाल महान्यायाधिवक्तामा सिफारिस

5.5K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेका छन्।

उनलाई अब राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नेछिन्। बडालले प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए।

महान्यायाधिवक्ता अग्नि खरेलले आजै राजीनामा दिएका थिए। प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट थियो।

Advertisement

बडा निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए।