April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेकपा एमालेमा समानान्तर गतिविधि शुरु, आज नेपाल पक्षकाे महिला भेला हुँदै

3K

काठमाडौं । नेकपा एमालेको नेपाल समूहले आजदेखि समानान्तर राजनीतिक कृयाकला सुरु गर्ने भएको छ । जसअनुसार आज महिला भेला गर्न लागेको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनवर्गीय संगठनहरूको समानान्तर गतिविधि सञ्चालन गर्न लागेको हो ।

आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी बैंक्वेटमा ११ बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फागुन २८ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो । देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । चैत १० मा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनहरुलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइसकेको छ ।

Advertisement

सर्वोच्च अदालतले पुनर्स्थापना गरीदिएको नेकपा एमालेभित्रको विवाद बढ्दै जाँदा समानान्तर गतिविधि पनि बढेको हो ।