काठमाडाैं– पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार दिएकाे जानकारी अनुसार देशभर हालसम्म ९४२ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लाे २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएकाे छ।