July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाँदै

२०७७ फाल्गुन १६

1.1K

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जान लागेका छन्।

जहाजबाट झापा जान लागेका प्रधानमन्त्री ओलीले  दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।

त्यहाँ पुल र समग्र विकास निर्माणको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको पनि उनले शिलान्यास गर्ने छन्।

यस्तै, दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।