May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

ओली सरकार फासीवादी शासन सञ्चालनको दिशामा जाँदैछ: नारायणकाजी श्रेष्ठ

2.5K

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकार फासीवादी शासन संचालनको दिशामा अघि बढेको बताएका छन्। पार्टी कार्यालय पेसिसडाँडामा केन्द्रीय समितिको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले ओली सरकारको फासीवादी आचरणलाई केही दिनमा नै तह लगाउनेसमेत बताए।

‘ओली सरकार अवैधानिक ढंगले मलमिच्याइँपूर्ण काम गर्दैछ। सरकार नयाँ ढंगले फासीवादी शासन संचालनको दिशामा जाँदैछ। यो फासीवादको आचारण मात्र हो। यी आचरण केही दिनका लागि मात्र हुन्। यिनलाई हामीले केही दिनमै तह लगाउँछौँ,’ पत्रकारहरूँग उनले भने। प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाइएको विषयमा पार्टीको धारणाका विषयमा श्रेष्ठले यस्तो बताएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै परियारलाई हटाएर राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छन्।  

निर्वाचन आयोगले पार्टीको वैधानिकता दिन ढिलाइ गरेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘निर्वाचन आयोगले गरेको ढिलाइप्रति सन्तुष्ट छैनौँ। तर संवैधानिक निकाय भएकाले यसले ढिलै भएपनि उचित नै निर्णय गर्ने विश्वास लिएका छौँ,’ श्रेष्ठले भने।

Advertisement

‘ओली सरकार अवैधानिक ढंगले मलमिच्याइँपूर्ण काम गर्दैछ। सरकार नयाँ ढंगले फासीवादी शासन संचालनको दिशामा जाँदैछ। यो फासीवादको आचारण मात्र हो। यी आचरण केही दिनका लागि मात्र हुन्। यिनलाई हामीले केही दिनमै तह लगाउँछौँ,’ पत्रकारहरूँग उनले भने।