काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको २ हजार ९३१ नमुना परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३१ र पुरुष ६६ जना रहेका छन् । आज थपिएका ९७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ११४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ६१९ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट ३ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०६१ पुगेको छ ।