काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा स्वतन्त्र राय दिन मगाइएको एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधि सभा पुनर्स्थापना नभए संवैधानिक व्यवस्था शून्यतामा पुग्ने बताएका छन्।
मंगलबार संवैधानिक इजलासमा राय पेस गर्दै खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक विषय नभई संवैधानिक विषय भएको बताएका हुन्।
प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनुकाे विकल्प नदेखिएकाे राय प्रस्तुत गरे।
संसदीय व्यस्थामा प्रधानमन्त्रीकाे विशेषाधिकार हुने तर प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको विशेषाधिकार नहुने बताए।