November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

३ वटा खोप निर्माताले मागे नेपालमा आपतकालीन प्रयोग अनुमति

4K

काठमाडौं – कोरोना भाइरस विरुद्धको ३ वटा खोप निर्माताले नेपालमा आपतकालीन प्रयोग अनुमति मागेका छन्‌।​

औषधी व्यवस्था विभागका अनुसार हाल नेपालमा भारतको बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन, रसियाले उत्पादन गरेको स्पुतनिक र चीनले उत्पादन गरेको सिनोफार्म खोप निर्माताले आपतकालिन प्रयोग गर्न नेपाल सरकारसँग अनुमति मागेका हुन्‌।

​विभागका निर्देशक भरत भट्टराईका अनुसार हाल यी ३ वटै खोप निर्माताले आवश्यक कागजात पेश गरिसकेका छन्‌। उनले भने, ‘हामीसँग हाल भारत बायोटेकको कोभ्याक्सिन, रसियन स्पुतनिक र चीनको सिनोफार्म खोप निर्माताले प्रयोग निम्ति अनुमति मागिरहेका छन, उनीहरूले पेश गरेका कागजातहरू अध्ययन गरिरहेका छौँ।’

Advertisement

हाल नेपालमा अक्सफोर्ड–एस्ट्राजेनेकाले उत्पादन गरेको र भारतको सेरम कम्पनीले बनाएको कोभिसिल्ड खोपले मात्रै आपतकालिन प्रयोग अनुमति पाएको छ।

आपतकालिन प्रयोग अनुमति पाएपछि माघको पहिलो हप्ता भारतले कोभिसिल्ड खोप १० लाख भाइल अनुदानमा दिएको थियो। सो खोप उपलब्ध भएसँगै नेपालमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान थालिएको हो।