September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

ट्रम्पविरुद्धको महाभियोग सिनेटद्वारा अस्वीकार

490

वासिंटन– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको महाभियोगको प्रस्ताव सिनेटले अस्वीकार गरेको छ। क्यापिटल हिलमा दंगा भड्काउन उक्साएको अभियोगमा ट्रम्पलाई महाभियोग प्रस्ताव अगाडि बढाइएको थियो।

शनिबार भएको मतदानमा महाभियोगको पक्षमा ५७ मत खस्यो भने विपक्षमा ४३ मत खसेपछि असफल भएकाे हाे। महाभियोग पारित हुनका लागि दुई तिहाई अर्थात ६७ मतको आवश्यकता थियो। ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा उनकै पार्टीका ७ जना सिनेटरले मतदान गरेका थिए। तर पनि ट्रम्प महाअभियाेगवाट जोगिएका छन्।

तल्लो सदनबाट महाभियोग पारित भएर पनि सिनेटमा यसरी प्रस्ताव रोकिएको यो दोस्रो पटक हो। अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति भने ट्रम्प नै बनेका छन्। योसँगै ट्रम्पले अबका निर्वाचनहरुमा राष्ट्रपतिमा उम्मेद्वारी दिन सक्नेछन्।