September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

‘पार्टी फुटाएर सडकमा भौतारिरहेकाले भ्रम छरिरहे: टोपबहादुर रायमाझी

460

काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पदको पछि लाग्दा सडकमा पछारिन पुगेको बताएका छन्। 

ओली समूहले बुटवलमा गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी फुटाएर सडकमा भौतारिरहेका व्यक्तिले भ्रम छरिरहेका छन्। यो कुनै मांसाहारी आन्दोलन होइन। त्यो जनतालाई भ्रमबाट चिर्नका लागि गरेको भेला हो।’

‘पार्टीबाट फुटेर गएकाले ७७ जिल्लाबाट काठमाडौं जम्मा गरेर हामीलाई देखाउन खोज्नुभयो। लुम्बिनी प्रदेशबाट मात्रै हेर्नुहोस्, ७७ जिल्ला लुम्बिनी प्रदेश नै काफी छ। बुटवलको टोल गल्ली गल्ली खाली छ छैन हेर्नुहोस्। जनता कसको पक्षमा छ हेर्नुहोस्’ उनले भने।

पार्टी एकतापछि पदको लागि मात्रै पार्टी फुटाएर हिँडेको आरोप लगाए। ‘प्रचण्डको प्रस्ताव माधव नेपालको समर्थनमा ओली प्रधानमन्त्री बनाएको थियौँ। ओलीलाई पहिलो अध्यक्ष हामीले नै बनाएका हौँ’ उनले भने।