April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

प्रचण्ड–नेपालको आव्हान: ‘प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहनोस’

5K

काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिगामी कदमविरुद्धको आन्दोलनको अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेका छन् ।

अध्यक्षद्वयले जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको’ भनेका छन् ।

सोना ल्होछारको अवसरमा शुभकामना दिँदै प्रचण्ड–नेपालले भनेका छन्, ‘समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो ।

Advertisement