July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

प्रधानमन्त्रीका वकिलको बहस सकियो, के भन्छन् प्रधानमन्त्रीका वकिल

895

काठमाडौं: सर्वोच्च अदालतमा वकिलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस सकिएको छ । संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस सकिएपछि अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट सर्वोच्चमा बहस भइरहेको छ । यसैबीच प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले यसअघि राजालाई रहेको अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको बताएका छन् ।

जारी बहसमा उनले यस्तो बताएका हुन् । २००४ सालको वैधानिक कानुनले श्री ३ लाई अधिकार दिएको र त्यसपछिका संविधानले राजालाई अधिकार दिएको तर्क गर्दै उनले अहिले त्यैअधिकार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका हुन् ।