July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई समर्थकको अवरोध

1.1K

काठमाडौं – प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई समर्थकले अवरोध गरेका छन् । शंखमुलस्थित झाँक्री निवासमा पुगेका प्रहरीलाई समर्थकले अवरोध गरेका हुन् ।

अहिले उनको निवास अगाडि निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकले पक्राउ गर्न अवरोध गरेसँगै ठूलो संख्यामा प्रहरी परिचालन भएको हो ।

उनका समर्थकहरुले ‘राष्ट्रपति भण्डारी चाहिँदैन्, जनताका छोरी पक्राउ गर्न पाईँदैन्’ भन्ने नारा लगाएका छन् । अहिले प्रहरीले समर्थकलाई हटाउने प्रयास गरिरहेको छ ।

केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।