July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा प्रधानमन्त्रीका वकिलको बहस आज सकिँदै

275

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामाप्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीहरूले आज (बिहीबार) बहस सक्ने भएका छन्। उनीहरूले आज एक घण्टामा बहस सक्ने बताएका छन्। उनीहरूपछि सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट दुई जनाले बहस गर्नेछन्। उक्त बहसपछि निवेदक र प्रतिपक्ष (सरकार) तर्फको बहस समाप्त हुनेछ।

यसपछि अदालतले मगाएका नेपाल बार र सर्वोच्च बारका एमिकस क्युरीले आफ्नो धाराणा राख्नेछन्। बहसका क्रममा उठेका प्रश्नहरूको जवाफ निवेदक पक्षले दिन पनि बाँकी छ। १३ वटा निवेदनमा केही वरिष्ठ अधिवक्ता र अधिवक्ताले मात्र जवाफ दिने तयारी गरेकाले अबको प्रक्रिया धेरै लामो नहुने संकेत देखिएको छ। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालमा १३ वटा रिट निवेदन परेका थिए।

एउटा रिटलाई सुरुमै संवैधानिक इजलासमा तोकिएको थियो भने बाँकी रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेञ्चले सुनुवाइ गरेको थियो।