August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

कनकाई नगरपालिकाको पहिलो कार्यपालिकाको बैठक सम्पन्न

545

झापा । जिल्लाको कनकाई नगरपालिकाको पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतमा सम्पन्न बैठकले नागरिकले प्रत्यक्ष अनुभूत गर्न सक्ने महत्वपूर्ण निर्णयहरु गरेको छ ।

दुई हप्तअघि गणतन्त्र दिवसको अवसरमा सम्पन्न बैठकले सरकारले ल्याएको भूमी व्यवस्थापन कार्यक्रम अनुसार कनकाई नगरमा सबै स्थानमा रहेको एैलानी जग्गा छुट्याउने काम सकिएको हुदाँ आगामी तिन महिना भित्र भोगचलन गरिरहेका नागरिकहरुलाई धनिपूर्जा उपलब्ध गराउन भूमी आयोग समक्ष माग गर्न पत्रचार गर्ने, पाँच बर्ष भित्र नगरपालिकामा घर नभएका, कच्ची घर भएका सबै परिवारलाई मेयर आवास कार्यक्रम मार्फत करिव ५ सय वटा घर निर्माण सम्पन्न गर्ने, कृषिका लागि बोरिङ गाडेका सबै कृषकहरुलाई कृषि मोटर उपलब्ध गराउनेलगायतका निर्णयहरु गरेको हो ।

वैठकमा १ नम्बर देखि ९ नम्बर वडाका वडाध्यक्षहरु क्रमश शुशिलकुमार पोखरेल, बलराम राई, युवराज चम्लागाई, रोशन सुवेदी, कृष्णबहादुर राई, दीर्घबहादुर थापा, भिष्मभूषण सिटौला, लिलाबहादुर कटुवाल,राजेन्द्रप्रसाद उप्रेतीको उपस्थिती रहेको थियो ।

Advertisement

त्यसैगरी कार्यपालिका सदस्यहरु कृष्णमाया भुजेल, सावित्रादेवी बर्देवा, नवलकिशोर दत्त, नरादेवी मगर, लक्ष्मी कटुवाल, सुशिला चौधरी (कुधनीकुमारी), चेता राई, हरिलाल खवास (भुजेल), कविता विकको उपस्थिती रहेको थियो ।

संघसंस्थाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नारायण पोखरले, सुरुंगा जेसीज अध्यक्ष सुष्मा न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

बैठकमा स्वागत उप–प्रमुख आशा शर्मा सिवाकोटी र सञ्चालन प्रमुख प्रसाशकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।