November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कार्यपालिका र जनप्रतिनिधिद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

2.1K

कुम्मायक, १० चैत । कुम्मायक गाउपालिकाको कार्यलयमा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई स्वागत गरिएको छ । प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी र लेखा शाखा प्रमुख सन्तोष राइलाई कार्यपालिकाका सदस्य र जनप्रतिनिधिद्वारा स्वागत गरिएको हो ।

गत फागुन १० गते गाउपालिकाको कार्यलयका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र लेखा शाखा प्रमुख अनिल दुलाल गरि दुई कर्मचारी सरुवा भएपछि रिक्त पदपूर्तिका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट खटिएका सुवेदी यो छैटौं पटकको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका हुन । त्यस्तै, शन्तोष राई जिल्ला समन्वय समितिसँग आवद्ध रहि लेखा शाखामा नियुक्ति भएर आएका छन् । यश अघि सुवेदीले सहायक स्तरमा काम गरेको र बीचमा पदोन्नती भइ प्रशासन सम्बन्धि स्थानीय तहको प्रमुख भएर कुशल जिम्मेवारी बहन गरेको बताइएको छ ।

सुवेदीले स्वागत गर्न त्यत्ति महत्वपूर्ण नभएको बरु बहिर्गमन कसरी रहन्छ त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिएका थिए । नागरिकको कामका लागि कति देन दिन सकिन्छ भन्ने सवालमा आफू सधै लागि पर्ने साथै जनप्रतिनिधि र कर्मचारी बीचको पनि प्रगाढ सम्बन्ध रहनु पर्ने सुवेदीको भनाइ थियो ।

Advertisement

बिहिवार भएको सो समारोह गाउपालिकाको अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा साथै उपाध्यक्ष सीता आचार्य लगायत कार्यपालिका सदस्यहरु र पाँचवटै वडाका वडाअध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।