काठमाडौं ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागू भएको छ । गत असोजमा मन्त्रालयले कात्तिक १ गतेदेखि काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा न्यूनतम १८ रुपैयाँ भाडा तिर्नुपर्छ । यो भाडादर ५ किलोमिटरसम्मको दूरीमा लागू हुनेछ । त्यसैगरी १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटर भन्दामाथि ३५ भाडादर कायम गरेको छ ।
बागमती प्रदेशमा १३ जिल्ला छन् । प्रदेश सरकारले उपत्यका बाहिरका हकमा भने साविकको भाडादरमा २३ प्रतिशतले वृद्धि गरेको छ ।