तेह्रथुम, शुक्रबारे । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान् र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यृ भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।
छथर गाउँपालिका–३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरायासी विवाद हुँदा श्रीमतीको लौरो प्रहारबाट ५४ वर्षीय गोबिन्द लिम्बूको मृत्यृ भएको छ । हात हालाहाल हुँदा श्रीमती ५२ वर्षीया भक्तकुमारी लिम्बू गम्भीर घाईते भएको शुक्रबारे प्रहरीचौकीका इञ्चार्ज गणेश राईले जानकारी दिए ।
घटनास्थलमा पुग्दा दुवैको अवस्था गम्भीर देखिएको र गोविन्दको उपचारको क्रममा छथर उस्पताल शुक्रबारेमा मृत्यु भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ ।
कुटाइबाट गम्भीर घाइते भएकी भक्तकुमारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।