बैतडी । महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ ।
आज बिहान ७ बजेतिर अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा स्थानीय बासिन्दाले देखेको थियो ।
बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।