September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

विनेसाम स्थापना दिवस, भानुजयन्ती तथा सम्मानसहित हुने

3.1K

विराटनगर । विश्व नेपाली साहित्य महासंघले जुलाई १४ तारिक शुक्रवार २१०औं भानुजयन्ती र सम्मान कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ ।

भर्चुअल माध्यमबाट विश्वको विभिन्न मुलुकमा छरिएर रहनुभएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको ठुलो जमघटमा हुन लागेको उक्त कार्यक्रमका प्रमुख अतिथि विश्वकवि तथा संस्कृतिविद् तुलसी दिवस रहने भएका छन् ।

कार्यक्रममा ६७ वर्ष अघिदेखि त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यासमार्फत पढिँदै आउनुभएका वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, रोमानियाका अवैतनिक महावाणिज्यदूत नवराज पोखरेल, चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आले, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मादेखि लीलाबोधी चिन्तक श्री कृष्ण धरावासी हुँदै नयाँ पुस्तासम्मका लेखक साहित्यकारहरूको उपस्थिति रहने छ ।

Advertisement

त्यसैगरी प्राज्ञिक व्यक्तित्वहरूमा त्रिपुरा विश्वविद्यालय, भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईं, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्माराज जोशी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा जगमान गुरुङ, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा भीम खतिवडा, सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख प्रा डा कविता लामा, काशी हिन्दू विश्वविद्यालय, भारतीय भाषा विभागका अध्यक्ष प्रा डा दिवाकर प्रधान, बि. बरुवा कलेज गुवाहाटीकी विभाग प्रमुख प्रा डा इन्दुप्रभादेवी, भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य, त्रिचन्द्र कलेजका विभाग प्रमुख प्रा डा गोविन्दमान सिंह कार्की, पद्मकन्या क्याम्पसका पूर्व विभाग प्रमुख प्रा डा शैलेन्दुप्रकाश नेपाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पस, बिराटनगरका प्रा डा वद्रीविशाल पोखरेल, मिसिगन विश्वविद्यालय अमेरिकाका प्रा डा महेन्द्र लावती, जेएनपिजे कलेज लखनऊका प्रा डा नलीन रञ्जन सिंह लगायत दर्जनौँ विद्वानहरूको उपस्थिति रहने छ । कार्यक्रममा डा मधु माधुर्य अमेरिका र श्री विश्वासदीप तिगेला बेलायतलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

बेलुकी नेपाली समयअनुसार साँझ ७ बजे भर्चुअल माध्यम जुममार्फत कार्यक्रम हुने विश्व नेपाली साहित्य संस्थाका अध्यक्ष सुरेन्द्र लिमबू परदेशीले जानकारी गराएका छन् ।