January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

कविता

820

पहिरो खसेपछि
~डा.ज्ञानू पाण्डे

कति सुन्दर थियो यो पहाड
कति स्वच्छ थियो आकाश
शरदको घामजस्तै प्रिय थियो मौसम
कति मनोरम थियो यो वातावरण
पहिरो खस्नुअघि
उमेर आफ्नै लयमा सुसेली हाल्दै
चढ्दै थियो उत्साहका उकालीहरू
सुस्तरी –सुस्तरी
सपनाहरू ढकमक्क फुलेका थिए
चाँदीजस्तै स्वच्छ सफा उसको मनभरि
मनको बगैचाभरि
लछरप्प १
चञ्चल मन १
उडिबस्थ्यो
घरि यता
घरि उता
नाप्तै हिँड्थी ऊ हरदम
आफ्नै इन्द्रेणी सपनाका कान्लाहरू
घरि मुस्कुराउँथी
घरि सुस्ताउँथी
र, फेरि मुस्कुराउँथी ऊ
चिहाइ बस्थी आफ्नै अनुहार
घरि लालीगुराँसमा
घरि बेली–चमेली फूलहरूको सुवासमा
किशोरवय उमेर थियो उसको
औधी सुन्दर पल थियो जीवनको १
सोचेकी थिएँ –
ऊ फुल्छे ÷फक्रन्छे
पूरै फैलिन्छे
केही खास अवश्य बन्छे जीवनमा
छर्नेछे सुवास उसले आफ्नो नाममा
आफ्नो यो आमाको नाममा
आफ्नो बाबाको नाममा
तर दु्र्भाग्य १
दुर्भाग्य मेरो
हठात् ग्रहण लाग्यो जुनमा
सपनाको जुनमा
मेरो सपनाको जुनमा
गिद्दको आँखा प¥यो
कलिली मेरी त्यो छोरीकोे छविमा
अचानक मौसम बौलायो
धरती काप्यो थर्थरी
पहिरो खस्यो वस्तीमा
र सखाप भयो सम्पूर्ण सुन्दर संरचना
निमेषभरमा
उदासी १
भयावह उदासी
बाँकी रह्यो केवल एउटा
भयावह उदासी
परिवेशभरि
र, बाँकी रह्यो
मात्र बाँकी रह्यो
रिक्तता बोधको तीब्र ऐठन
छातिभरि
यो छातिभरि
पहिरो खसेपछि
पहिरो खसेपछि १

Advertisement