May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

लघुकथाः चोर बाटो

380

-बि.बि.याक्खा

शान्तमान असल, कर्तव्यनिष्ठ, इमान्दार साथै सहयोगी भावनाका छन् । त्यसैले उनि सबैको मन र दिमागमा बसेका छन् । अरुबेला समाजसेवाको कर्म गरे पनि घरायसी काममा पनि उतिकै महत्व दिन्छन् । दुई छाक टार्न र एकसरो कपडाको लागि उनले कसैको अघि शीर झुकाएर हात थाप्नु परेको छैन ।

आज बिहानैदेखि घरैमा निकै व्यस्त देखिन्थे शान्तमान । उसको खेतबारीमा पनि अन्न लहलह झुलेका छन् । यसै बखत शान्तमानको मोबाइलमा फोनको घन्टी बज्योः

Advertisement

फोन उठाउँदै भन्यो– हेल्लो नमस्कार हजुर ! को बोल्नुभो होला ?
उताबाट जवाफ फर्काउदै बोल्यो–नमस्कार लौ शान्तमान जि !
मलाई कस्तो नचिन्नु भएको ? म रामनाथ क्या त माननीय हुँ
। शान्तमान– अहो ! नेता ज्यु ! आज कसरी याद गर्नुभो ?
उताबाट रामनाथले हाँस्दै भन्यो – अरे शान्तमान जि ! हजुर नि
कस्तो कुरा गर्नुहुन्छ ? मैले मेरो ईमान्दार साथीहरु भुलौला त !
शान्तमानले निर्भीक भएर सोध्यो – भन्नुहोस् केही विशेष भए ?
रामनाथले बतायो– म जिल्ला आउने तयारी गर्दैछु स्थानीय चुनावको लागि, यसपटक मेरो सालो जिताउनुपर्ने भो लौ हजुर ।
शान्तमानले कडा जवाफ फर्कायो– रामनाथ जि ! जहिले पनि
तपाईंहरुको मान्छेलाई जहिल्यै चोर बाटो ल्याउने ? अघि पुर्याउने ?
अहँ हुदैन ! अनि हामी योग्यता हुनेहरु, दुःख गर्नेहरू चैं सधैं पछि नै ? कस्तो अचम्म हो यो ?
रामनाथले फकाउदै भन्यो– कस्तो कुरा नबुझ्नु भएको हजुरले !
आर्कोपल्ट त तपाईंको पालो भनेर भन्या नै छौं नि हामीले लौ !
यो कुरा सुनेर कठोर निर्णय सुनाउदै शान्तमान बोल्यो– मैले सधैंलाई
तपाईंको पार्टी तपाईंलाई नै छाडिसकेँ, आर्कोपाल हैन जनताको अघि मैले यसैपाल विजय हासिल गर्नेछु । स्वातन्त्र उमेदवारको
घोषणा गरिसकेको छु । तपाइँ विजयीको खबर कुरिराख्नुहोला किनभने जनताले चाह्यो भने चोर बाटोबाट घुस्नु आवश्यक छैन भन्नको लागी पनि ।

यो सुनेर रामनाथको ओठ तालु सुक्यो र भन्यो– यो …के भन्नुभको शान्तमान जि ? यसरी त हुँदैन नि बर्बाद भयो ।
शान्तमानले भन्यो – चोर बाटोको गौडा नथुनेसम्म उपाय छैन
फोन राखे मैले अबबाट त्योभन्दा अघि बोल्नु औचित्य रहेन ।
शान्तमानले फोन काटेपछि रामनाथ बेचैनी भएर एक्लै छट्पटाई रहे ।