April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

ओशोको जन्मदिनः जीवन बदल्ने बीस शुत्र

7.6K

आध्यात्मिक गुरु ओशोको जन्म भारतको मध्यप्रदेशस्थित कुचवाडामा ११ डिसेम्बर सन् १९३१ मा भएको थियो । बाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावका ओशो दर्शनशास्त्रमा रुचि राख्दथे । केही समय जबलपुर विश्वविद्यालयमा लेक्चरर भएर काम गरे । बिस्तारै अध्यात्म र दर्शनमा उनको ज्ञान बढ्दै गयो । त्यसपश्चात अलग–अलग धर्म र विचारधारामा प्रवचन दिन थाले । सन् १९८१ देखि १९८५ सम्म अमेरिकामा बसे । त्यहाँ रहँदा उनले रजनीशल्याण्ड अलग्गै एउटा सहर बनाउने कुराले निकै विवादित भए र अन्त्यमा फर्केर भारत आए ।

उनी नेपालमा बस्न चाहन्थे तर तत्काल श्री ५ को सरकारले अनुमति दिएन । उनले दिएको हजारौँ मिनेटको अडियो प्रवचनलाई लगभग सात सयवटा किताबाकारको रुप दिइएको छ । अर्को रोचक कुरा, उनले आफ्नो जीवनकालमा एक लाख पचास हजार किताब पढेको कुरा गरिन्छ । उनको मृत्यु १९ जनवरी सन १९९० मा भएको थियो । उनको मृत्युलाई रहस्यमय मानिन्छ । उनकी आमाले ओशोको स्वाभाविक मृत्यु नभै हत्या भएको बताउने गर्थिन् । आउनुस्, उनै विश्वको माथिङ्गल हल्लाउने एक दार्शनिक, विचारक र आध्यात्मिक गुरूका अनमोल विचारहरूमा विचरण गरौँ ।

ओशोको बीस शुत्र जसले जीवन बदल्न सक्छ:

Advertisement

१. जोसँग जति कम ज्ञान हुन्छ, ऊ त्यति नै आफ्नो ज्ञान प्रति हठी हुन्छ ।

२. जीवनलाई हरेक सम्भावित तरिकाबाट महसुस गर –असल, खराब, मीठो–तीतो, उज्यालो–अँध्यारो, जीवनको हरेक द्वेतभावलाई अनुभव गर । अनुभवसँग नडराऊ किनभने तिमी जति अनुभवी बन्छौ, त्यति नै परिपक्व बन्छौ ।

३. प्रेममा दोस्रो व्यक्ति महत्त्वपूर्ण हुन्छ भने वासनामा तिमी मात्र महत्त्वपूर्ण हुन्छौ ।

४. सत्य बाहिर अवस्थित कुरा होइन जसलाई खोज्न परोस्, सत्य त भित्रै अवस्थित हुन्छ जसलाई अनुभव मात्र गर्न सकिन्छ ।

५. मित्रता सबैभन्दा शुद्ध प्रेम हो । प्रेमको सबैभन्दा उच्चतम स्वरुप हो, जहाँ कुनै माग हुँदैन । कुनै शर्त हुन्न । त्यहाँ त मात्र दिनुको आनन्द हुन्छ ।

६. यो संसारमा प्रत्येक व्यक्ति कुनै खास नियति लिएर आएको हुन्छ । उसलाई केही पूर्ण गर्नु छ । केही सन्देश दिनु छ । तिमी यहाँ कुनै दुर्घटनाले आएका होइनौँ । तिमी यो अस्तित्वमा हुनुको केही अर्थ छ । तिमी यो जगत्मा हुनुको कुनै उद्देश्य छ । जसलाई ब्रह्माण्डले तिमीद्वारा पूरा गर्न चाहन्छ ।

७. यदि तिमी कुनै फूललाई माया गर्छौ भने त्यसलाई नटिप । किनकि तिमीले फूललाई टिप्यौ भने फूल मर्नेछ । जसलाई तिमीले माया गर्छौ, त्यसलाई फूल्न देऊ । प्रेम कसैप्रति आधिपत्य होइन । प्रेम सराहना हो ।

८. यो संसारमा सबैभन्दा बढी डर अरुले के भन्ला भन्ने कुरा सोचेर लाग्छ । जसै तिमी भीडसँग डराउन छोडने छौ, तिमी भेडा हुनुपर्दैन । सिंह बन्नेछौ । तिम्रो हृदयबाट गडगडाहटको अवाज आउने छ । मुक्तिको गडगडाहट ।

९. जीवनले हामीलाई अचेतनातर्फ डो¥याउँदै लगेको हुन्छ । जबसम्म तिमी सचेत हुन्नौ, जागरुक हुन्नौ । त्यसले एउटा पाङ्ग्राले झैँ आफैँलाई डो¥याइरहन्छ ।

१०. कहिले पनि बन्ने कोसिस नगर । हुनु र बन्नु यी शब्दको बीचमा तिम्रो पूरै जीवन समेटिएको छ । हुनु प्रबोधन हो, जागरण हो । बन्नु अज्ञानता हो ।

११. दुनियाँमा लाखौँ मान्छे दुःखी छन् किनभने उनीहरु प्रेम प्राप्त गर्न चाहन्छ्न् । तर उनीहरुलाई प्रेम दिन आउँदैन । प्रेम एकालापको रुपमा हुन सक्दैन । प्रेम दुई व्यक्ति बीचको संवाद हो । एउटा लयले भरिएको संवाद ।

१३. केही बन्ने विचारलाई त्याग किनभने तिमी पहिल्यै एक महान् कृति हौ । तिमी योभन्दा सर्वोच्च बन्न सक्दैनौ । तिमीले यही कुरा बुझ्नु छ, यही जान्नु छ र यही अनुभव गर्नु छ ।

१४. साहस अज्ञातसँगको प्रेम सम्बन्ध हो ।

१५. आरामपूर्ण र सुविधाजनक जिन्दगी वास्तविक जीवन होइन । जति धेरै आरामपूर्ण, त्यति धेरै कम जीवन्त । सबैभन्दा आरामपूर्ण जीवन चिहानमा मात्र हुन्छ ।

१६. मस्तिष्कबाट बाहिर निक्ल अनि मनमा प्रवेश गर । कम सोच, महसुस धेरै गर ।

१७. जसरी अँध्यारो प्रकाशको अनुपस्थितिमा जन्मिन्छ, त्यसरी नै अहंकार जागरुकताको अभावमा जीवित रहन्छ ।

१८. प्रेम लक्ष्य हो, जीवन एक यात्रा ।

१९. प्रश्न यो होइन कि मृत्युपश्चात् जीवनको अस्तित्व छ कि छैन । प्रश्न त यो हो, कि के तिमी मृत्युपूर्व जीवित छौ ?

२०. यदि कसैलाई नोक्सान पु¥याउनु छ भने मात्र शक्तिको आवश्यकता पर्दछ नत्र प्रेम पर्याप्त छ, करुणा पर्याप्त छ ।

(ओशोका विभिन्न प्रवचन र कृतिहरुबाट संकलन गरिएको सामग्री ।)

संकलक: जनक कार्की