December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

बाहिर मेरी २ वर्षकी छोरी रोइरहँदा म पनि वाथरुमभित्र बेस्सरी रोइरहेथेँ-कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’

1.6K

पेशाले बैंकर तथा व्यवसायी कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’ स्थापित साहित्यकार हुन् । माता मानकुमारी श्रेष्ठ र पिता इन्द्र बहादुर श्रेष्ठबाट स्याङ्जा, पुतलीबजार न.पा.–१ अभियानपथमा जन्म भई हाल काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आइरहेकी श्रेष्ठको ‘अनिश्चित यात्राका हरपस्हरू (कविता सङ्ग्रह–२०६०), ‘अन्त्यहिन जीवन खण्डकाव्य–२०६१), ‘कल्पपुञ्ज’ (गजल एल्बम–२०६८), ‘ए ! फूलका मालीहरू (गजल सङ्ग्रह – २०६९), ‘सञ्जीवनी (उपन्यास–२०७४) जस्ता पुस्तकहरू प्रकाशित छन् । साहित्यलाई सृजनशील कलाको रुपमा लिने उनी अहिले कथा सङ्ग्रह तयार गरिरहेकी छिन् । सृजना बिसौनी स्याङ्जा साहित्यिक संस्थाको संस्थापक अध्यक्ष, साहित्यिक संस्था गुञ्जनको आजीवन सदस्य, अनेसास नेपालको आजीवन सदस्य , नेपाल स्रष्टा समाजको आजीवन सदस्य, राष्ट्रिका साहित्यिक प्रतिष्ठानको संस्थापक सदस्य जस्ता पदहरूमा रही काम गर्दै आइरहेकी उनी हाल डिमारिका अभियानसँग पनि सहकार्य गरिरहेकी छन् । उनले ‘तिलाकुमारी साहित्यिक पुरस्कार तथा सम्मान–स्याङ्जा, संञ्जीवनी उपन्यासका लािग पन्त स्मृति प्रतिष्ठानबाट नगद २५ हजार सहित ‘राम राज पन्त स्मृति सम्मान पुरस्कार–२०७५ जस्ता सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् भने नेपालको पहिलो गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय जागरण गीत प्रतियोगितामा द्धितिय भई तत्कालिन प्रधानमन्त्रिद्धारा पुरस्कार प्राप्त गरेकी थिइन् । नेपाल मामिला डटकमको ‘कोभिड जितेपछि नेपाल मामिलासँग’ शिर्षक अन्तर्गत यस हप्ता उनै बैंकर तथा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’ सँगको अनुभवलाई प्रस्तुत गरिएको छ ।

***

काठमाडौ काँडाघारीस्थित ‘सनसिटी अपाटमेन्ट’, जहाँ २०७७ वैशाख १ गते कोराना देखियो भनेर आतंक फैलाइको थियो । हो म त्यहिँ अपार्टमेन्टको आफ्नै फ्ल्याटमा बस्दै आहिरहेको छु ।

Advertisement

प्रायः म बिहान आधा घन्टा योगा गर्छु । म बसेको अपार्टमेन्टभित्रको परिसरमा पनि खालि स्थान, हरियो चौर, बगैँचा, हिँड्न मिल्ने बाटाहरू छन् । मान्छेहरूको पसल जाने चाप अगावै सामजिक दुरी कायम गर्दै म पसिना निस्कने गरी नियमित हिँड्छु । साथमा दुई वर्ष पुग्दै गरेकी सानी छोरी छिन् । उनी अहिले बिस्तारै बोल्न सिक्दैछिन् । उनको बालक्रिडामा कहिलेकाहीँ समय बितेको थाहै हुँदैन । तर मुस्किल पनि उस्तै छ, आमा, गृहणी, जागिरे र सिकारू लेखकको भूमिका निर्वाह गर्न । बैंक जस्तो अतिआवश्यक क्षेत्र अन्तर्गतको जागिरले अझैं व्यस्त तुल्याउने गरेको छ । विगत लकडाउनकै बीचमा कार्यालयको आन्तरिक निर्देशनमा केहीहप्ता अफिसियल काममा व्यस्त हुनुपर्ने अवस्था पनि भयो ।

२०७७ वैशाख १ गते नयाँ वर्ष, नयाँ दिन प्रायःलाई जाँगरिलो एवं सृनजशील हुन मन पर्छ । हामी पनि त्यो दिन अपार्ट परिसर भित्रकै मन्दिर र छेउकै हरियो चौरमा गयांै । सानी छोरीसँग हरियो बगैचामा फोटोहरू खिच्यौं । फ्ल्याटमा पुगेका मात्र थियौं। सनसिटी भित्रकै दुई जनालाई कोरोना र्यापिट टेष्ट पोजेटिभ देखिएछ । उहाँहरू २८ दिन अगाडि लन्डनबाट आउँनुभएको थियो । हाम्रो नयाँ वर्षको पहिलो दिन भयभित बन्यो । ३ दिनसम्म अपार्टमेन्ट सिल भयो । अपाटमेन्टको गेट बाहिर समचार लिन संचारकर्मीहरूको भिडभाड देखिन्थ्यो । कतिले सही समचार सम्प्रेषण गरे । कति त “सनसिटीमा बस्ने सम्पूर्णमा कोरोना पोजेटिभ देखियो”, “हे भगवान सनसिटीवासी सम्पूर्णमा सङ्क्रमित हुने सम्भावना” जस्ता शिर्षकमा समाचार आयो । त्यस्ता समचारले त्यतिबेला झनै त्रास थप्यो नै त्यही शिर्षक म्यासेज गर्दै देश तथा विदेशका आफन्तहरूले हालखबर सोधिरहे । जसले गर्दा प्रथम चरणको कोभिड भयावह बन्यो । केहिदिन मानसिक तनाबमा गुज्रियो । त्यसबेला कति बैंकका साथीहरूले अपाटमेन्टभित्र बैकिङ क्षेत्रमा काम गर्ने कति छन् ? कर्मचारीहरू प्रत्यक्ष सहभागी हुनुपर्ने र उहाँहरूबाट अन्यलाई सङ्क्रमण हुने जस्ता कुराहरू गरे । जबकी अपार्टमेन्टमा गरिएको सम्पूर्ण र्यापिट टेस्ट नेगेटिभ आयो । आफूलाई चिसो र धुलोधुवाँकोे एलर्जी खोकिले छिट्टै समाईरहने कारण पनि यी सकारात्मक, नकारात्क कुराहरूले बढि प्रभावित बनायो भन्छु म अहिले ।

म सनसिटी अपार्टमेन्टको एघारौँ तलामा बस्ने गर्छु । त्यसैले हाम्रो हिड्ने सिडी भनेकै लिफ्ट हो । पछिल्लो चरण मान्छेहरू सचेत बन्दै गइरहेका छन् । लिफ्टमा कतिजना प्रवेश गर्ने ? यहाँको सोसाइटीको आफ्नै नियमहरू हुन्छन् । कहिलेकाहीँ लिफ्टमा पसिसकेपछि कसैले हाँच्छ्युँ गरे हतार– हतार बाहिर निस्कुँ जस्तो हुन्छ ।

यो कोभिड सङ्क्रमणले अझ कहिलेसम्म मान्छेलाई पच्छ्याइरहने हो ? निर्मुूल हुन कति समय लाग्ला ? मनमा प्रश्नहरू डुबुल्की मार्छन् । तर संसारका स्वास्थ्य क्षेत्रका अनुसन्धान केन्द्र र विज्ञहरू कोभिडलाई परास्त गर्न लागि परेका छन् । कोभिडविरुद्धका भ्याक्सिनहरू प्रतिस्पर्धात्मक रुपमा निर्माण भइरहेका छन् । जसले आत्मवल विकास गरिरहेको छ । म आफैले पनि कोभिडको पहिलो र दोस्रो खोप लगाइसकेकोले विस्तारै मानसिक रूपमा दह्रो हुने कोसिस गरिरहेको थिएँ ।

जतिनै सचेत हुँदाहुदै र सावधानी अपनाउदा–अपनाउदै पनि दुर्भाग्यवश २०७८ साउन महिनामा ममा पनि कोभिड पोजेटिभ हुन पुग्यो । अफिसको तालिम कार्यक्रमको व्यवस्थापनमा थियौँ । सुरुमा त तालिम हलमा एसिमा बसेकोले घाटी च्याप्प समाएको होला जस्तो लाग्यो । दोस्रो दिनपनि रूघा लाग्ला जस्तो घाटीमा नै अफ्ठ्यारो भयो र दिउँसोबाट शरीरमा तापक्रम बढे जस्तो असजिलो हुँदै गयो । बेलुकाबाट ज्वरो हनहनी आउँन थालेपछि कोभिड होकी भन्ने शंका लाग्यो ।
कोभिड टेस्ट गरिसकेको थिइन । मलाई कोभिडको शंका लागेपछि म अलग्गै कोठामा क्वारेन्टाइनमा बस्न थाले ।

मेरो दुईवर्ष पुग्दै गरेको सानी छोरी साथमै छिन् । उनीसँग म तर्किरहनुपर्ने अवस्था आयो । सानी छोरी उसको बाबासँग खाने, पिउने, सुत्ने अवस्था भयो । श्रीमान बच्चाप्रेमी र सहयोगी भएकाले बच्चाहरू बाबासँगै झ्याम्मिरहन्थे । पहिलोदिन ज्वरो १०२ डिग्री हुँदै शरीर करकर खान थाल्यो । दोस्रो दिन शनिबार पनि त्यही गतिमा ज्वरो उक्लिरहेको थियो । एक जना चिनेको नर्स र साहित्य क्षेत्रमा परिचित डा.रविन्द्र समिर सरको सल्लाहमा ज्वरो आउन थालेपछि ६/६ घण्टामा सिटामोल खाएँ । सिटिजेट, जिंक र भिटामिनको चक्कि पनि खान थालँे । दुई दिनमा ज्वरो नर्मल अवस्थामा झ¥यो तर निस्चित हुन कोभिड टेस्ट गरेँ । तेस्रो दिन कोरियन अस्पतालको चेकमा कोभिड पोजेटिभ आयो ।

अब त पुरै दशदिन क्वारेन्टिनमा बस्नुपर्ने अवस्था भयो । स्वाद र वास्ना विस्तारै शरीरको ग्रन्थिले थाहा पाउन छोड्दै गयो । शरीरले बिस्ताराबाहेक केही खोज्थेन । जुनदिन कोभिड पोजेटिभ रिपोर्ट आएको थियो त्यो साँझ श्रीमान कामबाट फर्किदा जाममा पर्नुभएछ । उहाँले ढिलो हुन सक्ने भनेर फोन गर्नुभयो । त्यतिबेलासम्म काम गर्ने सहयोगी बहिनी ‘सानी छोरी खेलिरहेको छ’ भनेर आफ्नो घर लागिसकेकी थिइन् ।

साँझ पर्दै गएपछि सानी छोरी इभाना उसको दिदीसँग पनि नमान्ने भई । अतालिएर रून थालिन् । म कोठाभित्र थिए । आफ्नो कोठाको ढोका खोलिदिएँ । उसलाई उसको दिदीले ढोकैनेर सानो प्लास्टिकको टुल राखिदियो । ऊ टुलमा बस्दै रूदै थियो । निद्रा लाग्न थाले झैं उसका आँखा पनि चिम्सा थिए । रूवाई जोडजोडले बढ्दै थियो । उसका दुुबै हात मलाई लिनको लागि फैलिरहेका थिए ।
तर उसलाई २÷४ दिनदेखि सबैले ममी बिरामी छ, छुुनुु हुुदैन भन्ने बानी पारेकोले म नेर झ्याप्पै आउन सकेको थिएन । ऊ रोएर आलसतालस हुुन थालेपछि ऊ रहेको छेउबाटै म बाथ्रुम छिरेर चुुक्कुुल लगाए । ऊ बाथ्रुमको ढोका घचेट्दै यस्तरी रून थालिन् कि मैले सहनै सकिन् । ऊ सँगै दिदी पनि रोइरहेको थियो । म भित्र रोइरहेकी थिएँ । बाथ्रुममा धुनको लागि राखिएको लामो बाहुले सर्ट थियो । मैले त्यसैलाई फिजाएर बाथ्रुमको ढोका खोलेर सानीलाई च्याप्प सर्टमा बेरेँ । र, अंगालेर कुुमतिर उसको अनुुहार पारेँ । मेरो अंगालोमा आउनसाथ उसको रूवाई छुु मन्त्र जस्तै शान्त भयो । तर, म भने भक्कानिदै रोहिरहेकी थिएँ । मलाई मातृत्वले बेसरी पगालेको थियो र अर्को कुुरा छोरीलाई भाइरस सर्ने भयो भनेर म भावुुक भएकी थिए । उसलाई बाथ्रुममा च्यापिनै रहेको अवस्थामा ५/७ मिनेटको अन्तरालमा उसको बाबा आइपुग्नुभो ।

विस्तारै स्वास्थ्य सुुधार हुुँदै गएपनि स्वाद र वास्ना दश दिनसम्म थाहा भएन । गाडा नुुनिलो, पिरो, गुुलियो र अमिलो बाहेक अरू स्वाद थाहा नहुुने भएकोले खानामा रूचि हुुन्थेन् । त्यसैले पनि सङ्क्रमित धेरै पछिसम्म कमजोर हुने रहेछ । सो समय प्रत्येक दिन कागती पानी पिउथेँ । कागतीको छोक्रा मिचेर सँुुघिरहन्थें । त्यो प्रकृयाले पनि मैले केही छिटो वास्ना थाहा पाउन थालेँ ।

कोभिडले धेरैलाई धेरै थरिको संवेदना भित्राएर गयो होला, मलाई भने कोभिडले साना बच्चाहरूको अभिभावकलाई बनाउने अतिनै संवेदनशील र भावुुक क्षण छोडेर गयो ।

कोभिडबाट तग्रिएपछि साहित्य लेखनमा थोरै भएपनि क्रियाशील हुने जमर्को गरिरहेको छु । नयाँ कथाका प्लटहरू निमार्ण हुँदै छन् । तयार गरेका केही कथालाई पुनर्लेखन र आफूले जानेसम्म सम्पादन गर्दैछु ।

कोभिड सन्त्रासको समयमा विविध पढ्न रूची भएका तर समय अभावले अध्ययन गर्न नपाएका आख्यानहरू पढ्न पाएँ । केही साहित्य अडियो मार्फत सुनेँ । अहिले विज्ञान प्रयोगशाला, वातवरणीय अनुसन्धानमूलक केही कथाहरू लेखिरहेको छु ।
आउने समयमा यी कथाहरूलाई पुस्तकको रुपमा ल्याउने विचार छ । साथै उपन्यास ‘सञ्जीवनी’को थोरै परिमार्जन सहित अर्को संस्करण ल्याउने तयारीमा छौं । अन्य सृजनात्मक कार्य त निरन्तर चलिरहन्छ नै ।

अहिले कोभिड–१९ महामारीले विश्वव्यापी रुपमै मानवीय एवं आर्थिक क्षति पु¥याएको अवस्थामा डर त्रास हुनु त स्वभाविक हो । भविष्यमा भोकमरी र आर्थिक मन्दिले हाम्रो जस्तो मुलुक कति आक्रान्त हुने हो अनुमान गर्न गाह्रो हुन्छ । मानवीय अतिक्रमणका कारण वातावरणीय प्रदुषणका घटना दिनानुदिन वृद्धि भएका छन् । जसले पर्यावरण र प्राणीलाई निकै नकारात्मक असर पारिरहेको छ । पर्यावरणलाई सन्तुलन राख्न पनि प्रकृतिले समय–समयमा यस्ता माहामारीको अवस्था सृजना गर्ने रहेछ । इतिहासमा यस्ता घटनाहरू देख्न सकिन्छ । तर यस्ता प्राकृतिक प्रकोपमा हतोत्साहित भएर बस्नुभन्दा सकारात्मक सोच बनाउनुपर्छ भन्ने लाग्छ । आत्मबल बलियो पार्दै क्रियाशिल हुन जरूरी छ ।

प्रस्तुती सीता तुम्खेवा