June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

यसरी राख्न सकिन्छ मुटुलाई स्वस्थ

200

मुटु रोगी के खाने ?

१. हरियो सागपातः  चम्सुर, पालुङ्गो, लूडे, लट्टे, बेथे, सलादपत्ता, रायो, तोरी, फर्सीको मुन्टा जस्ता हरियो सागपातहरू मुटुरोगका लागि अत्यन्त लाभदायक खानेकुराहरू हुन् । यी सागपातहरूमा उच्च मात्रामा भिटामिन, खनिज तत्व, एण्टि–अक्सिडेण्ट र खाद्य रेशा पाईन्छ । यसैगरी यी खानेकुराहरू भिटामीन के नाईट्रेट्सको पनि महत्वपूर्ण स्रोत हो । भिटामीन के ले रगत जम्ने क्रियालाई नियन्त्रण गर्दछ भने नाईट्रेट्सले रक्तचाप घटाउने, रक्तनलीहरूलाई कडा हुँन नदिने र ईन्डोथेलियमलाई चूस्त राख्ने गर्दछ । धेरै अनुसन्धानहरूले हरियो सागपातको सेवन गर्दा मुटुरोगको जोखिम अत्यन्त न्यून हुने तथ्य उजागर गरेको छ ।

२.एवोकादोः पौष्टिकताको दृष्टिकोणले एवोकादोलाई अत्यन्त पोषक फलफूल मानिन्छ । एवोकादोमा उर्जा, ठूला पोषक तत्व र सूक्ष्म पोषक तत्वहरू आदिको राम्रो संयोजन छ । यो मुटुको स्वास्थ्यका लागि पनि अत्यन्त उपयोगी फल हो । यसमा मुटु स्वस्थ बनाउने मोनो–सेचूरेटेड फ्याट पाईन्छ । मोनो–सेचूरेटेड फ्याटले कोलेस्टेरोल कमगर्ने र प्लाक बन्न नदिने गर्दछ । एवोकादोको सेवनले मुटुलाई हानी गर्ने एलडीएल कोलेस्टेरोल कम गर्ने, मेटाबोलीक सिन्ड्रोम कम गर्ने मुटुको मांशपेशीलाई पनि बलियो बनाउने, रक्तचाप कम गर्ने जस्ता कार्य गर्दछ ।

३. बेरीऐसेलुः ब्ल्याकबेरी, स्ट्रोबेरी, रास्पबेरी (ऐसेलु), गोजीबेरी, ब्लूबेरी जस्ता बेरी प्रजातीका फलफूलहरू पनि मुटुको लागि अत्यन्त लाभदायका फलफूलहरू हुन् । यी फलफूलहरू मुख्यतः एन्थोक्यानीन पाईन्छ । एन्थोक्यानीनलाई मुटुरोग, क्यानसर, उच्चरक्तचाप, रक्तचिल्लोको गडबडी आदिलाई अत्यन्त राम्रो गर्दछ । एन्थोक्यानीन एउटा शक्तिशाली एण्टिअक्सिडेण्ट हो । एण्टिअक्सिडेण्टले प्लाक बन्न नदिएर मुटुलाई स्वस्थ बनाउदछ । बेरीको सेवनले रक्तनलीको भित्री पत्रलाई पनि स्वस्थ बनाउने रक्त नलीको ईन्फ्लामेसन कम गर्ने, कोलेस्टेरोल कमगर्ने  आदि गर्दछ ।

४.ओखरः ओखर पनि मुटुको लागि अत्यन्त स्वस्थकर फल हो । यसमा प्रर्याप्त मात्रामा खाद्य रेशा र सूक्ष्मपोषक तत्वहरू पाईन्छ । मुटुको लागि आवश्यक म्याग्नेसीयम, कपर र म्याग्निज पाईने हुँदा यस धातुलाई विशेष बनाएको छ । दैनिक ओखर खानेहरूलाई मुटु तथा रक्तनलीको रोग हुने सम्भावना अत्यन्त न्यून रहन्छ । यसले खराब कोलेस्टेरोल एलडीएलको रक्त स्तर घटाउन पनि सहयोग गर्दछ ।

५. बदामः बदाम पनि उच्च मात्रामा खाद्यरेशा भएको खाने कुरा हो । यसमा पनि प्रशस्त मात्रामा खाद्य रेशा, प्रोटीन, स्वस्थकर मानोस्याचूरेटेड फ्याट, भिटामिन ई, म्याग्नीज, म्याग्नेसीयम जस्ता मुटुका लागि फाईदाकारक पोषक तत्वहरू प्रशस्त मात्रामा पाईन्छ । यसै गरी म्यगनीसियमले रक्तचाप कमगर्न मद्दत गर्दछ भने उच्च खाद्यरेशाले मधुमेह कम गर्न मद्दत गर्दछ ।

६. गोलभेंडाः गोलभेंडालाई परापूर्वक कालदेखि नै मुटुमैत्री तरकारीको रूपमा चित्रण गरिएको छ । गोलभेंडामा लाईपोकाईन्स नामक शक्तिशाली एण्टिअक्सिडेण्ट पाईन्छ । मुटु तथा रक्तनलीको रोग मुलतः अक्सिडेटिभ स्ट्रेसको कारणले हुने रोग भएकाले गोलभेंडाको सेवन अत्यन्त लाभदायक छ । एउटा अनुशन्धानले दर्शाए अनुरूप रगतमा लाईकोपाईन्सको मात्रा कम भएकाहरूमा हृदयघात र मस्तिष्क घात ज्यादा भएको पाईएको छ । यसै गरि काँचो गोलभेंडाको सेवनले एचडिएल कोलेस्टेरोलको रक्त मात्रा बढाउने तथ्य पनि पत्ता लगाईएको छ ।

७. लसुनः संसारमा विद्यमान धेरै चिकित्सा प्रणालीहरूमा लसुनलाई मुटु मैत्री औषधिका रूपमा प्रयोग गरिदै आएको छ । लसुनमा एलिसिन, भिटामिन सी र क्वारसेटिन लगाएतका एण्टिअस्किडेण्टहरू र म्याग्नीसिएम, सेलिनियम, म्याग्नीज जस्ता एण्टिअक्सिडेण्ट ईन्जाईमकाको फैक्टरहरू पनि पाईन्छ । लसुनको नियमित सेवनले रक्तचाप कम गर्ने, कोलेस्टेरोलको रक्त स्तर ठिक गर्ने, एलडिएल कोलेस्टेरोल कम गर्ने र प्लक बन्ने क्रम रोक्ने गर्दछ।

०८. खरबुजाः खरबूजामा मुटुको लागि अत्यन्त उपयोगी लाईकोपाईन्स नामक एण्टिअक्सिडेण्ट पाईन्छ । यसैगरि रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने सिट्रलिन नामक एमाईनो एसिड पनि पाईन्छ ।

९. आलस/चिया सिड/भाङ्गको बिउः आलस चिया सिड/ भाङ्गको बिउमा प्रशस्त मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाईन्छ । ओमेगा –३ का अलाबा यी बीजमा प्रसस्त मात्रामा खाद्यरेशा र अन्य सूक्ष्म एवं ठूला पोषक तत्वहरू पाईन्छ । दैनिक एक चिया चम्चा अर्थात् सात ग्राम खान सिफरिस गरिएको यी बीउहरूको दैनिक एक चम्चाको सेवनले नै धेरै रोगमा राम्रो गर्दछ । यी बीउहरूको दैनिक सेवनले मुटुरोगको जोखिम कम गर्ने, रक्तनलीको ईन्फ्लामेसन कम गर्ने, रक्तचाप घटाउने, कोलेस्टेरोलको गडबडी ठिक गर्ने र बढेको ट्राईग्लिसराईड लेबल घटाउने गर्दछ ।

१०. सिमी/बोडी : सिमीको दानाको दाल वा हरियो सिमीको तरकारी दुबै मुटुको लागि अत्यन्त स्वस्थकर खानेकुरा हुन् । सिमीमा भएको कर्बोहाईड्रेस पनि मुटु मैत्री छ । यसमा विद्यमान खाद्य रेशालाई पेटका ब्याक्टेरियाहरूलाई पोषण प्रदान गर्ने गर्दछ । सिमीको सेवनले एलडिएल कोलेस्टेरोल कम गर्ने, अक्सिडेटिभ स्ट्रेस घटाउने जस्ता कार्य गर्दछ।

११. जैतुनको तेलः ओलीभ आयल वा जैतुनको तेल पनि मुटु मैत्री तेल हो । यसमा प्रशस्त मात्रामा एण्टिअक्सिडेण्टहरू पाईन्छ । यसैगरि जैतुनको तेलमा विद्यमान मानोअनस्याचूरेटेड फ्याट्टी एसिडले मुटुलाई स्वास्थ राख्नका लागि सहयोग गर्दछ । यसैगरि जैतुनको तेलले रक्तचाप कम गर्न पनि मद्दत गर्दछ ।

१२. जडीबुटीको काँढाः गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडीबुटीको काडाको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

१३. प्रोबायोटिक्सयुक्त खाने कुराः हाम्रो शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन् । यी ब्याक्टेरियाहरूको वृद्धि र बर्धन हुँदा हाम्रो शरीरलाई धेरै फाइदै हुन्छ । प्रोबायोटिक्सयुक्त खानेकुराहरु भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खाने कुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुराहरु खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने, शरीरलाई आवश्यक थुप्रै तत्वहरू शष्लेशित हुने मुटु एवं रक्तनलीको स्वास्थ्य समेत राम्रो हुने  तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

१४. सग्लो अनाजः प्राकृतिक गुण धर्म नष्ट नगरिएका, धेरै नकुटिएका, नपिसिएका, अनाजलाई  भनिन्छ । सग्लो अनाजका ब्रान, ईण्डोस्पर्म र जर्मलाई निकालिएको हुदैन । अन्नको यी तीनै अंङ्ग हरू पौष्टिकताको दृष्टिले अत्यन्त महत्वपूण अङ्गहरू हुन । अन्नलाई सग्लो प्रयोग गर्दा यसमा विद्यमान खाद्य रेशा, भिटामिन, खनिज आदिको उच्च मात्रालाई शरीरले उपयोग गर्दछ । सग्लो अनाजको नियमित प्रयोगले हृदयघात र मस्तिष्कघातको जोखिमलाई अत्यन्त न्यून बनाउदछ । सोतो चामलको साटो खैरो चामल, आटा मैदाको साटो दलिया, कोदो, फापर, जौ, ओट्स आदि सग्लो अनाजको नमूना हुन् ।