June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

लकडाउन छ ! दिउँसो धेरै सुत्दा हुनसक्छ यस्तो समस्या !

475

काठमाडौँ – शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ ।

यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।

तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ ।

वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ ।

एजेन्सी